अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको छैन: गृहमन्त्री थापा

Posted on: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौँ, भदौ २७ । गृहमन्त्री राम बहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धीत क्षेत्रमा असर पर्ने भएकाले अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउनु भएको छ ।

प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै उहाँले सिमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरि अंगिकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको स्पष्ट पार्नुभएको हो । सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको उहाँले जानकारी दिनुभयो ।

नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै ६ महिना देखि छलफलकै क्रममा रहेको छ । शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संसोधनका बारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन । विधेयकमा नेपाली अंगिकृत नागरिकता पाउनका लागि नेपाली पुरुष संग विहे गर्ने विदेशी महिलालाई ७ बर्ष र नेपाली महिला संग विहे गर्ने विदेशी पुरुषलाई १५ बर्षको समय राखिएको छ ।

Comments

comments