अनाथ असहाय बालकहरुलाई १ लाख अक्षयकोष बितरण

Posted on: २६ श्रावण २०७६, आईतवार

साउन २६, कपिलबस्तु, नेपाल बाल संगठन कपिलबस्तु बालगृह तौलिहवामा रहेका अनाथ असहाय बालकहरुलाई अक्षयकोष सहयोग बितरण गरिएको छ । शुद्धोधन गाउ पालिका वडा नम्बर १ उचडिहवा निवासी सुसिला बिष्ठ, नान बहादुर बिष्ठले ती बालकहरुलाई सेहार सुसारका लागी रु १ लाख नेपाल बाल संगठन कपिलबस्तु बालगृहलाई प्रदान गरेका हुन् । बालगृहका २८ अनाथ बालकहरुलाई माया र ममताको आवश्यकताको साथै विभिन्न सहयोगको खाचो रहेको हुदा आफु सहयोग गरेको सुसिला बिष्ठले जानकारी गराउनु भएको छ ।

सरकारले ५ बर्ष देखि केही सहयोग नगरेकोले यस बालगृहमा हाल २८ जना अनाथ बालकहरु रहेकाले उनीहरुको खाना लत्ता कपडा र पठन पाठनका लागि आर्थिक एवम् अन्य सहयोगको खाचो रहेको बालगृहका अध्यक्ष राजु अर्यालले जानकारी दिनुभएको छ ।

अक्षयकोष बितरण कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंह तथा विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments