अपाङ्गता अधिकारका बिषयमा एक दिने अभिमूखीकरण कार्यक्रमको आयोजना

Posted on: ३२ जेष्ठ २०७६, शनिबार

लोकेन्द्र सुनार/ जेठ ३२ प्यूठान

प्यूठानको खंलगामा अपाङ्गता अधिकारका बिषयमा एक दिने अभिमूखीकरण कार्यक्रम आयोजना गरिएको छ । सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापित गर्नका लागि ऐन जारी गर्नुका साथै राष्ट्रिय निर्देशन समिति र प्रदशेमा स्तरमा अपाङ्गता अधिकार समन्वय समिति गठन गर्ने प्रकृयामा रहेको भएपनि अझैँ सामाजिक रुपमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण राम्रो नभएको राष्ट्रिय अपाङ्ग महासघं नेपाल प्रदेश नम्बर ५ का अध्यक्ष देवीदत्त आचार्यले बताउनु भयो ।

स्थानीय तहमा योजना तर्जुमा गर्दा अपाङ्गताको क्षेत्रमा काम गर्ने निकायसंग छलफल गर्नु आवस्यक देखीएको राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानले जनाएको छ । सामाजिक विकास मन्त्रालय ५ नंं प्रदेशको सहयोगमा राष्ट्रिय अपाङ्ग महासघं ५ नंं. प्रदेशले कार्यक्रमको आयोजना गरेको थियो ।

Comments

comments