अब मुलुकको समग्र हितका लागि हामी सबै एक जुट हुनुको बिकल्प छैन – हमाल

Posted on: १९ बैशाख २०७७, शुक्रबार

काठमाडौँ, बैशाख १९- विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको अवधिमा देशमा कतिपय आयोजना, भएका कलकारखाना , उधोग , ब्यापार ब्यबसायहरु ठप्प छन् । जसका कारण अर्थतन्त्रमा ठूलो संकट आउने देखिन्छ । यो सँगै शिक्षा क्षेत्रमा पनि ठूलो संकट देखिदै छ । एसइई देखि उच्च शिक्षा सम्मका परीक्षाहरु स्थगित भएका छन् भने नयाँ शैक्षिक सत्र नै भत्किने खतरा छ । तर पनि हामी यो असहज परिस्थिति भित्र सहजता खोज्दै अघि बढ्ने प्रयत्न गरिहेका छौँ । यदि यस्तै अवस्था रहने लकडाउन लम्बिदै जाने अनि यो संक्रमणलाई न्यूनीकरण तर्फ समयमै बक्र दृष्टि न राख्ने हो भने सिङो मुलुकले ठुलो चुनौतीहरुको सामना गर्नु पर्ने हुन्छ । हाम्रो जस्तो अल्पविकसित र अर्थतन्त्रको सबलीकरण नभएको मुलुकमा प्रभावकारी जनशक्ति, युग सुहाउँदो प्रविधिको खासै विकास भएको देखिदैन तर पनि हामी यो असहज परिस्थितिमा समग्र शिक्षाको चिन्तामा विविध खाले प्रबिधीलाई जोडदै अनलाईन शिक्षणका कुराहरुको बहसमा छौं , यो नै अन्तिम विकल्प हो भन्ने अहिलेको हाम्रो बुझाइ रहिआएको देखिछ ।

प्रजातन्त्र स्थापना भएपछिको नेपालको शिक्षालाई सम्झिदै एन प्याब्सनका केन्द्रीय सल्लाहकार पाण्डव हमालले भने “प्रजातन्त्र वहाली हुनुभन्दा अगाडि राज्यले जुन हिसावले शिक्षाको व्यवस्थापन गरेको थियो, पाठ्यक्रम, पाठ्यपुस्तक, विद्यार्थीहरुको उपस्थिति, शिक्षण पद्धति त्यसमा राज्यले पक्कै सुधार गरेकै हो ।” अहिलको २१ औँ शताब्दिमा आइरहदाखेरी अझैपनि धेरै कुरामा कमि कमजोरी छ । “अझै पनि कतिपय कुराहरुमा हामी कमजोर रहेछौँ, हाम्रो दुरदृष्टि अझैपनि पुगेको रहेनछ भन्ने कुरा अहिलेको असहज परिस्थितिले देखाएको छ । यो भन्दा अगाडी २०७२ सालको भुकम्पले पनि हामीलाई केही धक्का लगाएको थियो । त्यतिबेला नै हामीले शिक्षा लगायत अरु कुरामा योजना बद्ध तरिकाले अगाडी बढाउन हामी चुक्यौ तर त्यतिखेर केहि कुराहरु उठाउनु पर्ने थियो त्यो बिर्सियौँ ।” उनले भने ।
तर २०२८ साल पश्चात जब निजी विद्यालयलहरु खोल्ने प्रावधान सुरु भयो र २०४६ सालमा आइपुगेपछि जुन तरिकाले ह्वात्तै निजी विद्यालयहरु खुल्ने क्रम जारी रह्यो अहिले सम्म आइरहदा राज्यले जुनजुन ठाउमा शैक्षिक संस्थाहरु सुरु गरे त्यो सँगसँगै निजी क्षेत्रमा पनि नेपालकै नागरिकहरुले दुर दराज, हिमाल, पहाड , तराई मधेश सबै तिर विद्यालयहरु खोल्ने क्रम जारी रहेको छ । “यसले निजी विद्यालय स्थापना भएपछि राज्यका २३ देखि २५ लाख विद्यार्थीहरुलाई निजी क्षेत्रले पढाउदा राज्यको भार धेरै कमी भयो र निजी क्षेत्रमा कार्यरत १ लाख २७ हजार शिक्षक कर्मचारीहरु निजी क्षेत्रका शैक्षिक संस्थाहरु सन्लग्न रहदा ठूलो रोजगारीको समस्य समेतमा टेवा दियो। सामाजिक दायित्वको कुरामा थुप्रै विद्यालयका संचालकहरुले काम गरिरहको छन् र प्रत्यक्ष , अप्रत्यक्ष रूपले राज्यको अर्थतन्त्रमा पनि निजी विद्यालयहरुले निक्कै ठुलो टेवा पुर्याएका छन् । स्तरीय उत्पादनका योग्य जनशक्ती मुलुक भित्र र मुलुक बहिर स्थापित भएका छन् ” हमालले भने ।

पटक पटक निजी विद्यालयहरुले अभिभावको ढाड सेक्ने गरि चर्को शुल्क लिएको आरोप लाग्दै आएको छ तर केन्द्रीय सहल्लाहकार हमालले यो कुराको खण्डन गर्दै भने, “कुनै पनि कुरा निशुल्क र त्यतिकै दुनियामा पाइन्छ जस्तो मलाई लाग्दैन, हरेक कुराको केहि न केही मुल्य छ । प्रतिस्पर्धि युगमा अगाडी बढ्नको लागि सहज तरिकाले अभिभावकहरुको इच्छा अनुसार शिक्षा ऐन र निर्दे्िशकालाई टेकेर त्यस सँगै भिजेर त्यसमा समायोजन गरेर शुल्क लिनुलाई बढी शुल्क लिएको अर्थमा लिनुपर्छ जस्तो मलाई लाग्दैन । अर्कोकुरा भौगोलिक र आर्थिक हिसाबले तीन थरिका विद्यालयहरु हामीसँग छन् । एउटा थरिका विद्यालय अधिकतम शुल्क लिन्छन जसले मासिक ४०–४५ हजार शुल्क लिन्छन् । त्यो एउटा क्याटागोरी भयो । एउटा मध्यम खालको र एउटा एकदम न्युन शुल्क लिने खालका विद्यालयहरु पनि छन् ४ सय ५ सय र धेरैमा १ हजार शुल्क लिएर पनि ग्रामीण क्षेत्रमा संचालन भएका विद्यालय पनि छन् समग्र रुपमा ती विद्यालयहरुलाई एउटै हिसाबले दाँज्न मिल्दैन । तर ती विद्यालयहरुले पनि शिक्षा ऐन र नियमावलीमा टेकेर शुल्क लिएका छन् । एउटा शुल्क समिति बनेको हुन्छ, समितीले अनुमोदन गरी त्यो आधारमा शुल्क लिने गरेका छन् ।”
गुणस्तरी शिक्षाको लागि निजी विद्यालय नै उत्कृष्ट हो भन्ने बुझाई हाम्रो समाजमा छ, तर सामुदायिक विद्यालयहरुले पनि कतिपय ठाउँमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका उदाहरणहरु पनि छन् ।

सामुदायिक विद्यालय र निजी विद्यालयहरुको भिन्नताबारे सबैले देखेकै कुरा भएको हमाल बताउँछन् । उनी भन्छन् । “भिन्नताको कुरा मैले भन्नु भन्दा पनि आम नागरिक समाज, सम्बन्धित निकाय र विभिन्न तथ्याङ्कले देखाइरहेको छ मैले भन्नुपर्ने आवश्यकता नै छैन, तर यतिका फरक हुदा हुदै पनि सामुदायिक विद्यालयको गुणस्तर कम्जोर छ भन्ने तर्फ म जान्न । सामुदायिक विद्यालयहरुमा पनि राम्रा शिक्षक गुरुहरु छन् । कम्जोर शैक्षिक ब्यबस्थपन , विभिन्न नाममा प्रत्यक्ष राजनीतिक हस्तक्षेप छ । शिक्षक बर्गको मनोविज्ञानमा स्वतन्त्रता छैन जस्ले गर्दा अपनत्वको कमी छ । जुन कुरामा लोभ र माया जोडिदैन तब सम्म त्यो कुराको स्तर बृद्धि हुदैन र निजी विद्यालयहरुमा लोभ छ माया छ संचालकहरुले दिनरात मेहेनत गरेका छन् , नयाँ र नौलो प्रबिधी भित्र्यायका छन , अभिभवक , शिक्षक र बिद्यार्थीहरुलाई सङ निरन्तर प्रत्यक्ष सम्पर्कमा रहन्छन् त्यहि भएर निजी र सामुदायिक विद्यालयमा केहि फरक देख्न सकिन्छ ।”
कोरोना माहामारीका काराण विश्व नै सन्त्रासमय भएको अवस्थामा नेपालमा पनि लकडाउन छ । २०७७ को शैक्षिक सत्र नै भत्किने अवस्थामा छ , एसईई देखि उच्च शिक्षा सम्मका परीक्षाहरु स्थगित भएका छन् र यि सबै कुराहरुलाई जोगउँदै कसरी आगडी बढ्नु पर्ने चुनौती हामीसँग छ । यसको लागि शिक्षासङ सरोकार रहने सरकार , सामुदायिक र निजी क्षेत्र मिलेर जानुको विकल्प नरहेको हमालको भनाई छ ।

यो असजह परिस्थितिमा सहज रुपले हामी सबैले अगाडी बढ्नुपर्छ । लकडाउन समामान्य भएको केहि समयमै कक्षा १० को परीक्षा हुनुपर्छ भन्ने हमालको तर्क छ । “बिगतमा पनि शैक्षिक सत्र मंसिर र पुष तिर थियो अहिले पनि यो समयमा शैक्षिक सत्र सार्न सकन्छ की भन्ने कुरा हो किनकी शुन्य तह देखी विश्वविद्यालय तहसम्मका नै सबै परीक्षा लकडाउनले गर्दा स्थगित भएका छन् त्यै भएर पनि शैक्षिक शत्र सार्न सकिन्छ की भनेर सोच्न सकिन्छ ।” उनले भने ।
“हाम्रो जस्तो अल्पविकसित मुलुकमा भर्खरै प्रविधिको विकास र सिकाई भइरहेको छ, यो अवस्थामा अनलाइन शिक्षण प्रणाली नै अन्तिम विकल्प नहुन पनि सक्छ । त्यसका लागि अन्य बिकल्प के हुन सक्छ ? खोज र बृहत् छलफल बन्न जरुरी छ तर हामीले हुदै हुदैन भनेर पछि पनि हट्नु भने हुदैन । सकभर प्रयास गर्नुपर्छ ।” हमालले भने । यसै सन्दर्भमा सबै ठाउँमा सबै संगठनमा छलफल भइरहेको उनले बतए । हमाल भन्छन् “निश्च पनि अहिले पनि हाम्रो देशका कतिपय ठाउँमा इन्टरनेटको सुविधा पुगेको छैन, जीवन स्तरका कारण कतिपय नागरीकहरुको पहुच भन्दा बहिरको अवस्था छ तर पनि अनलाईन, भर्चुअल, तथा विभिन्न माध्यमबाट शिक्षण गर्नुपर्छ भने पनि आफैमा चुनौतीपूर्ण छ । विश्वका कतिपय विकसित मुलुकहरुले यसलाई अवलम्बन गरे पनि हाम्रो देशमा त्यसको सम्भावना न्युन रहेको छ ।”
“हामी बाध्यात्मक परिस्थितिले कोरोनाको कहरमा छौं , तर हामी घरैमा बस्ने कनै रहरमा छैन ।

कुनै पनि देशको सफल ईतिहास रच्न, विकासका पथमा लम्कने दिशामा एउटा कक्षा कोठा भित्र रहेका नानीबाबुहरुको अनुहारले चित्रण गर्दछ , निर्माण गर्छ । आजको विद्यार्थी नै भोलीका देशका मेरुदण्ड हुन् र यो विषयमा हामी सबै शिक्षक, अभिभिावक, बुद्धिजीवीहरुले सूक्ष्म चिन्तन गर्नु पर्ने विषय हो ।” उनले भने । यो संकटको घडीमा सबै क्षेत्रका समुहहरु सबैले मिलेर अगाडी बढ्नु पर्ने आजको आवश्यकता छ र हाम्रो देशमा कोरोनाबाट कसैले मृत्यु वरण गर्नु परेको छैन यो नै सुखद पक्ष भएको हुनाले हामी सबैले मिलेर मुलुकको सम्मुनत र सम्पुर्ण नेपालीहरुको सुरक्षित अनि सुखद तर्फ अगाडी बढ्नु पर्ने हमालको धारणा छ ।

Comments

comments