अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

Posted on: २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौँ,कार्तिक २२, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश दिइएको छ ।
सन २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा न्यूयोर्कको एक न्यायधीशले २० लाख डलर जरिवानाको आदेश दिएका हुन । न्यायाधीशले राष्ट्रपति ट्रम्पले नै यो रकम तिर्नुपर्ने आदेशमा उल्लेख गरेको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पमाथि सन २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो ।

Comments

comments