अमेरिकी सेनाका इन्डो प्यासेफिक प्रमुख डेभिड्सन र उपप्रधान तथा रक्षामन्त्री पोखेरलसंँग शिष्टाचार भेट वार्ता

Posted on: २७ पुष २०७५, शुक्रबार

नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलसंँग शिष्टाचार भेट वार्ता गर्नू भएको छ । शुक्रबार रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलसँग भेट गर्नु भएको हो । भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति बारे छलफल भएको जनाइएको छ ।अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहीबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरेको थियो ।

Comments

comments