अस्ट्रेलियाविरुद्ध नेपालले फुटबल विश्वकप छनोट अन्तर्गत् तेस्रो खेल खेल्दै

Posted on: २३ आश्विन २०७६, बिहीबार

२३ असोज , काठमाडौँ । फिफा विश्वकप फुटबल छनोटअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार अष्ट्रेलियासित खेल्दैछ । खेल नेपाली समयानुसार दिउँसो पौने ३ बजे अष्ट्रेलियाको राजधानी क्यानबेरामा सुरु हुनेछ । लगातार विश्वकप फुटबलको अनुभव बटुलेको कठिन टोली अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा हुने खेल नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ ।

खेलअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा पूरा विश्वास रहेको बताएका छन् । फिफा वरीयतामा नेपाल १६१औं स्थानमा छ भने अष्ट्रेलिया ४४औं स्थानमा रहेको छ ।

विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७–० को हार भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो ।अष्ट्रेलियाले भने अहिलेसम्म खेलेको एकमात्र खेलमा कुवेतलाई ३–० ले हराएको छ ।

Comments

comments