आईपीएलमा दिल्लीमाथि कोलकाताको सानदार जित

Posted on: ४ बैशाख २०७५, मंगलवार

इण्डियन प्रियिमर लिग आईपीएल अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको दिल्ली डेयरडेभिल्स १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

 

 

दिल्लीका लागि म्याक्सवेलले २२ बलमा ४७ र रिसब पन्तले २६ बलमा ४३ रन बनाए अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङतर्फ सुनिल नराइन र कुलदिप यादवले ३(३ विकेट लिए । यसअघि सुरुमा व्याटिङ गरेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५९ रनको योगदान दिए । ३५ बल सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । बलिङतर्फ राहुल टेवाटियाले तीन विकेट लिए भने । ट्रेन्ट बोल्ट र क्रिश मोरिसले समान २(२ विकेट हात पारे ।

Comments

comments