आईपीएलमा पञ्जावको दोस्रो हार

Posted on: १४ बैशाख २०७५, शुक्रबार

आइपीएल क्रिकेटमा किंग्स एलाभेन पञ्जावलाई फेरी दोस्रो झट्का लागेको छ । गएराति सनराइजर्स हैदराबादसंग १३ रनले पराजित भएपछि पञ्जावलाई झट्का लागेको हो । खेलमा १ सय ३३ रनको लक्ष्य पाएको पञ्जाव खेल सकिन ४ बल बाँकी हुँदै १ सय १९ रनमा अलआउट भएपछि हैदराबादले जित हात पारेको थियो ।पञ्जावलाई कम योगफलमै अलआउट गराउन रसिद खानले ३ तथा सन्दीप शर्मा, बसिल थम्पी र सकिब अल हसनले २÷२ विकेट लिएका थिए । पञ्जावका लागि लोकेस राहुलले ३२ र क्रिस गेलले २३ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन ।
हैदराबादमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । खेलमा पञ्जावका अंकित राजपुतले ५ विकेट लिए । प्रतियोगितामा शुक्रबार बेलुकी सवा ८ बजेपछि दिल्ली डेयरडेभिल्स र कोलकाता नाइटराइडर्स बिच खेल हुने छ ।

Comments

comments