आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रैः-डा.भट्टराई

Posted on: २९ बैशाख २०७६, आईतवार

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै पुर्व प्रधानमन्त्री भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयमले आफैमाथि न्याय नगरेको बताउनुभयो ।

अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै पुर्व प्रधानमन्त्री भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकतामा बैचारिक अलमल र अस्पष्टता रहेको बताउनुभयो । सामाजिक न्याय सहितको तिब्र आर्थिक वृद्धि सहित आत्मनिर्भर भई सन् २ हजार ३० अगावै दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य राम्रो भएपनि त्यसको आधार स्पष्ट नभएको पुर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

पुर्व प्रधानमन्त्री भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई बलियो बनाउनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

 

 

Comments

comments