आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्छ: शशांक कोईराला

Posted on: २६ श्रावण २०७६, आईतवार

काठमाडौँ, साउन २६,  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताउनुभएको छ ।
राजधानीमा सनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा बिजयी गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । आफुले जनताको लागि राजनीति गरेको उल्लेख गर्दे महामन्त्री कोइरालाले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गराई राष्ट्रको रुपान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा युवा नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन
गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलले काम गर्न सकेनन् भनेर राजसंस्थानै ठिक भन्ने भनाई पनि सुनिन थालेको भन्दै उहाँले राज्यव्यवस्था नभई दल र तीनका नेतृत्वकर्ताले पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा नारी जागृति समाजद्धारा प्रेरक अभियन्ता भुवन गिरीको बारेमा प्रकाशित ‘भुवन’ पुस्तक विमोचन गरिएको थियो ।

Comments

comments

Related Other News