आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैँ

Posted on: १७ मंसिर २०७६, मंगलवार

मंसिर १७, आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, बिश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैँ छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन, समावेशीकरण, शसक्तिकरण र अपाङ्गताका विविध सवालहरूमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस सन १९९२ वाट मनाउन थालिएको हो । यो दिवस हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय नाराहरूका साथ डिसेम्वर ३ मा मनाउने गरिन्छ । यस वर्षको अपाङ्गता दिवस २८ औँ हो र यस पटकको अन्तर्राष्ट्रिय नारा दिगो विकास लक्ष्य, अपाङ्गता मैत्री भविष्य तय गरिएको छ ।

Comments

comments

Related Other News