आज उपत्यकामा रातो मच्छिन्द्रनाथको जात्रा भब्यताका साथ मनाइदै

Posted on: २६ जेष्ठ २०७६, आईतवार

आज उपत्यकामा रातो मच्छिन्द्रनाथको जात्रा मनाइदै छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । करिब एक हजार ६ सय वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ ।
यस्तै सरकारले आज उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।

Comments

comments