आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

Posted on: ५ बैशाख २०७७, शुक्रबार

बैशाख ५, काठमाण्डौ – आज देशका विभिन्न ठाउँमा र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले  बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन् । यस्तै कतै  कतै असिना पनि पर्न सक्नेछ । आज राति देशभरिकै मौसम आंशिकदेखि  सामान्य बदली भइ पहाडी क्षेत्र र तराईका केही  ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।

महाशाखाका अनुसार शनिबार भने मौसममा  सुधार आउनेछ । तर भोलि पनि मध्य र पूर्व  तथा पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना  छ । यसकै प्रभावले गए राति देशका विभिन्न ठाउँमा पानी परेको थियो ।

Comments

comments