आज फेरी घट्यो सुनको मुल्य

Posted on: २४ पुष २०७६, बिहीबार

काठमाडौं, पुस २४ । केही दिनयता रेकर्ड राखेर आकाशिएको सुनको मूल्य आज फेरी केही घटेको छ ।
नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको हो । बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन ७२ हजर २ सय रुपैयाँ कायम गरिएको छ ।

बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ । चाँदी तोलाको ९ सय रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी तोलाको ९२० रुपैयाँ कायम गरिएको थियो । विश्व बजारमा भने बुधवार इरान अमेरिका तनावपछि सुनको मूल्यमा वृद्धि भएको थियो ।

Comments

comments