आज हरिबोध एकादशी तुलसीको विवाह र विशेष पुजाआजा गरि मनाइदै

Posted on: २२ कार्तिक २०७६, शुक्रबार

कपिलबस्तु, कार्तिक २२, कार्तिक शुक्ल एकादशीका दिन घरघरमा तुलसीको विरुवा सजाईएका छन । बृहस्पति अस्तका बेला ठूलो एकादशीसमेत भनिने कार्तिक शुक्ल एकादशीका दिन गरिने व्रत, तुलसी–दामोदर विवाह गर्ने चलन छ । शुक्रवार देखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा तुलसीको विरुवा सगं विष्णु भगवानको बिबाह गर्ने गर्दछन । हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुवे्र्दिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।
चर्तुमाससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्र्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको कपिलबस्तुका पोखर पन्डितले जानकारी दिए । यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको उनले जानकारी दिए ।
शुक्रवार बिहानदेखि नै तौलेश्वरनाथ मन्दिर लगायत कपिलबस्तुमा रहेका बिभिन्न मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने गरेको पाईन्छ ।

शुक्रवार विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

Comments

comments