आज १४ औँ लोकतन्त्र दिवस, कोरोना त्रासका कारण औपचारिक कार्यक्रम भने स्थगित

Posted on: ११ बैशाख २०७७, बिहीबार

काठमाडौँ, बैशाख ११ – आज १४ औँ लोकतन्त्र दिवस, कोरोना त्रास र लकडाउनका कारण औपचारिक कार्यक्रम भने स्थगित ।

१९ दिने दोस्रो जनआन्दोल सफल भई संसद पुनःस्थापना भएको आज १४ बर्ष पुगेको छ । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवसको स्मरण गरिदै छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चैत्र ११ गतेदेखि जारी राखेको लकडाउनका कारण आज औपचारिक कार्यक्रम राखिएका छैनन् ।
लकडाउन नै नहुँदा पनि विगतका वर्षहरुमा सरकारी तवरबाट औपचारिक कार्यक्रम नभए पनि लोकतन्त्र दिवसको स्मरणमा सामाजिक संघसस्था र कतिपय राजनीतिक दलहरुले औपचारिक कार्यक्रम गर्दै आएका थिए । यो बर्ष औपचारिक कार्यक्रम भने नगरिए पनि लकडाउनका कारण खानपीनमै समस्या भएकाहरुलाई सामाजिक दूरी कायम राख्दै विहान ९ः३० बजे शान्ति वाटिकामा खाना खुवाउने कार्यक्रम भने तय गरीएको थियो ।

Comments

comments