आठवीस नगरपालिकामा पानीको उपयोग तालिम सञ्चालन

Posted on: ३१ बैशाख २०७६, मंगलवार

दैलेखको आठवीस नगरपालिकामा पानी श्रोत संरक्षण र पानीको बहुउपयोग प्रविधि सम्बन्धि तालिम सुरु भएको छ ।
जलवायु परिवर्तन संगै हुने गरेको पानीको अभाव कम उपायहरु बारे जानकारी दिने उद्धेश्यले तालिमको आयोजना गरिएको आयोजक सामुदायिक बन उपभोक्ता महासंघले जनाएको छ । पानीलाई सहि तरिकाले व्यवस्थापन गर्नको लागी पानी परियोजनासंगको सहकार्यमा २ दिने तालिमको आयोजना गरिएको हो ।
तालिममा कालिकोट, अछाम र दैलेखका ३० जना महिलाहरुले सहभागिता जनाएका छन् ।

Comments

comments