आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

Posted on: २९ असार २०७६, आईतवार

२९ असार , नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सरल नेपाली भाषामा राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण प्रस्तुत गरेर भानुभक्तले नेपाली जनमा ठूलो गुन लगाउनु भएको थियो । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा पाठ गरिन्छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको थियो ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । उहाँको निधन १९२५ साल असोजमा भएको थियो । यसैबीच तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Comments

comments