इन्डोनेसियामा सुनामीबाट ४ सय बढीको ज्यान गयो, नेपालले दियाे बधाइ

Posted on: १२ पुष २०७५, बिहीबार

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बधाईको सन्देश दिएको छ । मुलुकको प्रमुख पदबाट यति हदसम्मको लापरवाही हुन्छ र राष्ट्रको बेइजति हुन्छ भन्ने कसैले कल्पना समेत गर्न सक्दैनन् । तर नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परराष्ट्र मन्त्रालयले यस्तै गम्भीर गल्ती गरेको छ । जसले विश्वमै नेपालको शिर निहुरिएको छ । मान्छे निधन भएको खबरमा कसैले कसैलाई बधाई दिदा कस्तो महसुश हुन्छ त्यस्तै पराराष्ट्रि मन्त्रालयले राष्ट्रपतिका नाममा जारी गरिएको विज्ञप्तिमा यस्तै भएको छ । इन्डोनेसियामा सुनामीबाट ४ बढीको मृत्यु भयो । मृत्यु भएकोमा इन्डोनेसियाली समकक्षीलाई राष्ट्रपति भण्डारीको तर्फबाट बधाई भन्ने सन्देश प्रवाह भएको छ । यो सरकारी विज्ञप्ति कति हतार र लापरवाहीका साथ प्रकाशित गरिन्छ भन्ने उदाहरण हो । यस्ताे गल्ती त समयसमयमै भइराख्छ राष्ट्रपति कार्यालयबाट । यो विज्ञप्ती परराष्ट्र मन्त्रालयले एकसाथ सयौं नेपाली र विदेशी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई इमेल मार्फत पठाइएको हो । विज्ञप्तिको पहिलो अनुच्छेदमा इन्डोनेसियाको राष्ट्रपतिलाई इन्डोनेसियाका कयौं नागरिकको मृत्यु भएकोमा बधाई दिइएको भएपनि दोस्रो अनुच्छेदमा भने दुःख व्यक्त गरिएको छ ।

 


यस्तै परराष्ट्र मन्त्रालयले असावधानीवश गल्ती भएको स्वीकार गर्दै विज्ञप्तिलाई सच्चाएको छ ।

 

Comments

comments