उपचुनावमा सङ्कलन गरिका नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गते देखि हुने

Posted on: २५ भाद्र २०७६, बुधबार

भदौ २५, आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपचुनावका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपचुनाव हुने ३७ जिल्लाका १ सय ५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुनेछ । निर्वाचन सञ्चालन हुने सम्बन्धित वडाका मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द,र,त्याग गरेका मतदाताको नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्न आयोगले सबैमा अनुरोध गरेको,छ । मुलुकका ३७ जिल्लाका १ सय ५४ वडामा चार लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली विवरण तयार गरी आद्यावधिक कार्यक्रम प्रयोजनका लागि सम्बन्धित जिल्लामा पठाइ सकिएकोे आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो । नाम दर्ता बिहान १० देखि ५ बजेसम्म रहने र विदाको दिनमा पनि सञ्चालन हुनेछ ।

Comments

comments