उपनिर्वाचनाको सबै मत परिणाम सार्वजनिक, ५२ मध्ये ३० स्थानमा नेकपा बिजयी

Posted on: १६ मंसिर २०७६, सोमबार

काठमाडौँ, मंसिर १६, शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ ।
धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्षको नतिजा सार्वजनिक भएसँगै उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको हो । धरानमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई २६ हजार ७ सय ९ मत प्राप्त गरी विजयी हुनुभएको छ । ३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्रस्थान बनाएको छ भने दोस्रो स्थानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको छ । प्रतिनिधिसभा अन्तर्गतको कास्की क्षेत्रनम्बर २ सहित ३० स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बिजयी भएका छन् ।पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर दुईमा भएको उपचुनावमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय मत पाएर विजयी हुनुभएको छ ।

Comments

comments

Related Other News