उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच भेटवार्ता

Posted on: १२ चैत्र २०७५, मंगलवार

नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता हुने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई नेपालका लागी बङगलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी म्मेलनमा बङगलादेशको सहभागिता हुने बताउनु भएको हो । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षिय हितका साथै आपसी सहयोगका विषयमा पनि छलफल भएको थियो । भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिनुभयो । राजदूत विन्तेले उर्जा क्षेत्रमा लगानीका लागी बङगलादेश सरकार ईच्छुक रहेको बताउनुभयो । द्विपक्षिय भेटमा नेपाल र बङगलादेशको विच उर्जा ब्यापार सम्बन्धी भएका समझ्दारीको आधारमा तय भएका बिभिन्न कार्यक्रमहरुका बारेमा समेत समिक्षा भएको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुनका संचार सल्लाहकार रोशन खड्काले जानकारी दिनुभयो । भेटमा मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयां सरकार बनेको भन्दै नयां सरकारसंग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

Comments

comments