एएफसी एसिया कप फुटबलमा भारत युनाइटेड अरब इमिरेट्स (युएई) सँग पराजित

Posted on: २७ पुष २०७५, शुक्रबार

एएफसी एसिया कप फुटबलमा समूह ‘ए’ मा रहेको भारत युनाइटेड अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । अबुधाबी स्थित जायद स्पोर्टस् रंगशालामा भएको खेलमा भारत युएईसँग २ शुन्य गोल अन्तरले पराजित भएको हो । युएईका काल्फा मुबारर्काले खेलको ४४ औं मिनेटमा गोल गर्दै भारतविरुद्ध अग्रता बनाएका थिए । पहिलो हाफमा एक—शुन्य गोल अन्तरले पछि परेको भारतको पुनरागमन नहुँदा खेलको ८८ औं मिनेटमा युएईका अलि अहमदले गोल गर्दै टिमका लागि अग्रता दोब्बर बनाएका थिए । ८८ औं मिनेटमा अलिले गरेको गोल युएईको जीतका लागि निर्णायक बन्यो । अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको शीर्ष दोस्रो स्थानमा रहेका सुनिल क्षेत्रीले गोल गर्न नसक्दिा भारतले समूह चरणको दोस्रो खेलमा पराजय बेहोरेको हो ।यसअघि एसिया कपको पहिलो खेलमा भारतले थाइल्यान्डलाई चार—एक गोल अन्तरले पराजित गरेको थियो ।

Comments

comments

Related Other News