एकै पटक ३ खेलको प्रतिस्पर्धा र प्रशिक्षण दिन सकिने कभर्ड हलको शिलान्यास

Posted on: १ असार २०७६, आईतवार

असार १ ,  बुटवल उपमहानगरपालिका वडा नं—१ को भैरव टोलमा बहुउद्देश्यीय आधुनिक कभर्ड हल निर्माण हुने भएको छ ।
एकै पटक तीन वटा खेलहरु ब्याडमिन्टन, टेबूलटेनिस र तेक्वान्दोका राष्ट्रिय प्रतिस्पर्धा तथा प्रशिक्षणसमेत दिन सकिने गरि निर्माण गरिन लागेको बहुउद्देश्यीय कभर्ड हलको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्नुभयो । नगरको चौतर्फी विकासका लागि खेलकुदको पनि महत्वपूर्ण भूमिका रहने बताउदै खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि विशेष कार्यक्रमहरु पनि सञ्चालन गरिने नगर प्रमुख सुवेदीले बताउनुभयो ।
कभर्ड हल बन्ने भएपछि त्यसक्षेत्रका खेलाडी, खेलप्रेमीहरु खुशी भएका छन । उक्त स्थानमा रहेको दुई कट्ठा आठ धुरमध्येको जग्गामा अत्याधुनिक कभर्ट हल बन्ने छ । कभर्ड हल निर्माणका लागि करिब तीन करोड लागत लाग्ने र एक वर्षमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।

Comments

comments