एनआरएनएको नवौँ विश्व सम्मेलन मंगलबार सुरु हुदैँ

Posted on: २७ आश्विन २०७६, सोमबार

२७ असोज , काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षमा उम्मेदवारी दिएका वर्तमान उपाध्यक्ष कुमार पन्त आफैमा एउटा सफल व्यक्तित्व हुनुहुन्छ । गोरखाको फुजेलमा सामान्य परिवारमा सन् १९७६ मा जन्मिनुभएका कुमार पन्त सानो बेला देखि नै तिक्ष्ण बुद्धी र आज्ञाकारी हुनुहुन्थ्यो । अवसरको खोजीमा सन् १९९७ मा जर्मन छिरेर पन्तले जीवन एक संघर्ष हो भन्ने आत्मसाथ गरि होटल लाइनमा जागिरे रूपमा आफ्नो प्रवासी जीवन यात्रा शुरू गर्नुभएको हो ।

सन् २००४ मा प्रबास र नेपाललाई जोड्न गैरआबासिय नेपाली संघ एनआरएनको यात्रामा समाहित हुनुभएका पन्त कुशल नेतृत्वको पर्याय नै हुन् भन्दा फरक नपर्ला । यसै अनुरुप सन् २००९ मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदमा रहेर काम गर्ने इच्छा स्वरूप सन् २०११ मा यूरोप क्षेत्रको क्षेत्रिय संयोजकमा गरेका उहाले सन् २०१३ मा महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर आफ्नो २ बर्षको कार्यकाललाई ऐतिहासिक साबित गर्नुभयो । सन २०१५–१७ मा उपाध्यक्ष हुनुभएका उहाले अध्यक्षले गर्नुपर्ने विभिन्न महत्वपूर्ण काममा आफूलाई प्रस्तृत गर्न सफल हुनुभयो ।

आगामी निर्बाचनमा अध्यक्ष पदका प्रमुख दाबेदार पन्तले आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्न अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने, ब्रिटीस भूपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्ने विशेष कार्यसूची रहेको उहाले बताउनुभयो साथै सबै तह र तप्काका व्यक्तित्व अटाउने खालको एनआरएनए बनाउन आफूले चाहेको तर पछिल्लो समय एनआरएनएमा राजनीति भएकोमा चिन्ता ब्यक्त गर्दै उहाले त्यसो हुन नदिने पनि प्रतिवद्धता जनाउनुभयो ।

Comments

comments