एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या छैन : अर्थमन्त्री डा. खतिवडा

Posted on: २८ माघ २०७५, सोमबार

अर्थमन्त्री डा. युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर असुलीमा कुनै समस्या नरहेको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले एनसेलसँग अझै पनि ६३ अरव संचित पूँजी रहेको उल्लेख गर्दै त्यसबाट बक्यौता पूँजीगत लाभकर असुली गर्न कुनै समस्या नरहेको प्रष्टयाउनु भएको हो । आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा उहाँले सर्वोच्च अदालतको आदेश अनुसार एनसेलको पूँजीगत लाभकर उठाउने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले संस्था हस्तान्तरणसँगै उनीहरुको दायित्व पनि हस्तान्तरण हुँदै जाने भएकाले सरकारले सोही अनुसार एनसेलको लाभांश कर असुली गर्ने पनि स्पष्ट पार्नु भयो । अर्थमन्त्री खतिवडाले ऐनसेलको पूँजीगत लाभकर असुली गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको पनि बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले एनसेलसँग पूँजीगत लाभकर वापतको १२ अरव ७३ करोड असुली गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

Comments

comments