एलपी ग्याँस सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

Posted on: २६ भाद्र २०७६, बिहीबार

काठमाडौ, भदौ २६ । सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ ।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्याँस छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराउनु भएको हो । आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको पनि मन्त्री यादवले स्पष्ट पार्नु भयो ।

व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको मन्त्री यादवले दावी पनि गर्नु भयो ।

Comments

comments