ऐतिहासिक सम्पदा काष्ठमण्डप पुननिर्माणको मुख्य काम सुरु

Posted on: २८ माघ २०७५, सोमबार

२ हजार ७२ सालको भुकम्पले ध्वस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुननिर्माणको मुख्य काम आइतबारबाट सुरु भएको छ । वि.स २ हजार ७२ वैशाख १२ को महाभुकम्पले पूर्णरुपमा ढलेको हनुमान ढोका दरवार क्षेत्रको काष्ठमण्डपका चारवटा मूल थाम ठड्याइए पछि मुख्य काम थालिएको हो । जेठ ३१ गतेबाट औपचारिक रुपमा पुनःनिर्माणको काम थालिएको करिव आठ महिनापछि मात्र पुन निर्माण समितिले काष्ठमण्डपको चारवटा थाम राखेपछि पुनःनिर्माणले मुर्त रुप लिएको हो । विश्व सम्पदा सूचिमा सूचिकृत तथा मौलिक र ऐतिहासिक सम्पदा समेत भएकोले यसको पुनःनिर्माण पुरानै ढाचामा हुने पुननिर्माण समितिले जानकारी दिएको छ । भुकम्प गएको लामो समय सम्म काष्ठमण्डप कस्तो बनाउने कस्ले बनाउने विवाद थियो तर अहिले काठमाडौं महानगरपालिका तथा जन स्तरबाटै गर्न लागिएको छ ।

Comments

comments