ऐन बनेको १६ महिना बितिसक्दा पनि विपद् व्यवस्थापन प्राधिकरण गठन हुन सकेन

Posted on: २६ असार २०७६, बिहीबार

२६ असार , सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन बनेको १६ महिना बितिसक्दा पनि विपद् व्यवस्थापन प्राधिकरण गठन गर्न सकेको छैन ।
लामो समय सम्म प्राधिकरण गठन हुन नसक्दा सत्तारुढ दलकै सांसद र नेताहरुले सरकारको कार्यशैली प्रति असन्तुष्ठी व्यक्त गरेका छन् । कानुन, राष्ट्रिय रणनीति, कार्यनीति, बजेट लगायत सबै भएर पनि सरकार प्राधिकरण गठनमा उदासिन भएको टिप्पणी सर्वत्र हुन थालेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका विपद् विज्ञ डाक्टर गंगालाल तुलाधरले विभिन्न वहानामा प्राधिकरण गठन गर्न ढिलाई गर्नु सरकारको गैह्रजिम्मेवारी भएको टिप्पणी गुर्नभयो ।
दैवीकिय उपजको रुपमा बुझिदै आएको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको बारेमा पछिल्लो समय निकै राम्रा काम र उपलब्धि भएपनि त्यसको एकिकृत प्रणालीको व्यवस्था गर्न नसक्दा परिणाम सुन्य देखिएको छ ।
गृहमन्त्रालयले बर्षेनी प्रकाशन गर्ने विपद् जोखिम प्रतिवेदनका अनुसार विभिन्न विपद्का कारण बर्षेनी १ हजार जनाको मृत्यु हुने गरेको छ भने ६ लाख ४० हजार मानिस प्रभावित हुने गरेका छन् ।

Comments

comments