कञ्चनपुरमा नेपाली सेनाद्धारा जनमूखी कार्यक्रम सञ्चालन

Posted on: १९ भाद्र २०७६, बिहीबार

चन्द्रकान्त जोशी, कञ्चनपुर भाद्र १९ ,कञ्चनपुरमा नेपाली सेनाले जनमूखी कार्यक्रम सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थमा खटिएको सेनाको देवीदल गण मझँगाउ ब्यारेकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रका स्थानिय वासिन्दालाई प्रकृति संरक्षणमा खेलिने भुमिका, माईन रिस्क सम्बन्धि ज्ञानमा बृद्धि, निकुञ्ज र स्थानीयको मतभेद तथा द्धन्द्धलाइ निराकरण गर्न नेपाली सेनाले मध्यवर्ती क्षेत्रमा जनमूखी कार्यक्रम सञ्चालन गरेको हो ।


सेनाले अघिल्लो वर्ष कञ्चनपुरको भि.न.पा. १९ पञ्चकृति मा.वि. वाघफाँटाको परिसरमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम गरेको थियोभने यस्तै भि.न.पा. १४ वनकट्टी वैजनाथ स्कुलमा मैत्रीपूर्ण खेलकुद सञ्चालन गरि खेलकूद सामग्री समेत वितरण गरेको थियो ।
यस्तै गणले यस वर्ष समेत गणले प्रकृति संरक्षण, माईन रिस्क सम्बन्धि जनचेतनामूलक कार्यक्रम र खेलकूद सामग्री समेत वितरण गरेको छ । देवीदल गण माझँगाउ ब्यारेकका गणपती राजु वस्न्यातका अनुसार यसवर्षमा ३ ओटा फरक फरक ठाउँमा मेडिकल क्याम्प सञ्चालन गर्ने योजना रहेको वताउनुूभयो । हरेक महिना प्रकृति संरक्षण र माईन रिस्क सम्वन्धि कार्यक्रम सञ्चालन गर्ने साथै खेलकूद सामग्री समेत वितरण गर्ने गणपति वस्न्यातले बताउनूभयो । मध्यवर्ती क्षेत्रका वासिन्दालाई प्रकृति संरक्षणमा स्थानियको भूमिका सम्वन्धि चेतनामा वृद्धि गर्ने तथा सैनिक सम्बन्धलाई दिगो र प्रगाढ बनाउन जनमुखी कार्यक्रम सञ्चालन गरिएको समेत गणपती राजु वस्न्यातले जानकारी दिनूभयो ।

सेनाको जनमूखी कार्यक्रमले प्रत्यक्षरुपमा मध्यवर्ती क्षेत्रका स्थानियलाई प्रभाव पार्ने भएकोले सेनाको शो कार्यप्रती स्थानियले खुसी समेत व्यक्तm गरेका छन् । मध्यवर्ती क्षेत्रलाई लक्षित गरेर सैनिक गतिविधि तथा गस्ति गरेर मध्यवर्ती क्षेत्रका समस्या वुझ्न तथा निराकरण गर्न कार्यलाई तिव्रता दिने देवीदल गण मझँगाउ ब्यारेकले जनाएको छ ।

Comments

comments