कन्काई नगरपालिकाः- ७२ कोठे अस्पताल भवन निर्माण

Posted on: २ बैशाख २०७६, सोमबार

झापाको कन्काई नगरपालिका वडा नम्बर ३ सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउन ७२ कोठे भवन निर्माण गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई १५ शैयाको अस्पतालमा रुपान्तरण गर्ने सरकारको तयारीसँगै भ्याट बाहेक ५ करोड ५२ लाख रुपैयाँको लागतमा अस्पताल सञ्चालनका लागि भवन तयार गरिएको हो ।

सामान्य उपचारको लागि बिर्तामोड लगायतका निजी अस्पताल जानु परीरहेका बेला आफ्नै ठाउँमा सुविधा सम्पन्न अस्पताल संचालनमा आउनलाग्दा स्थानीय समेत खुसी भएका छन् ।

२०७२ साल चैत्र १० गते सुरु भएको निर्माण कार्य निर्धारित समयमै सकेर बैशाखको पहिलो साता भित्र भवन स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने निर्माण व्यवसायी जनकराज तिमल्सिनाले जानकारी दिनुभयो । अस्पताल संचालनका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधारको निर्माण सकिएसँगै आवश्यक जनशक्ती, उपकरण र व्यवस्थापनको कार्य तिव्र पारिएको नगरपालिकाले जनाएको छ ।

Comments

comments