कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको छ: हरिवंश आचार्य

Posted on: १७ पुष २०७६, बिहीबार

काठमाडौँ, पुस १७, वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताउनुभएको छ ।

बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताउनुभएको हो । कुनै समय अभिभावकहरुले आफ्नो सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने सपना देख्ने गरेकोमा अहिले राम्रो कलाकार र डाइरेक्टर बनाउने सपना देख्ने गरेको उहाँले बताउनुभयो । ‘पहिले पहिले अभिभावकहरुले तपाईको छोराछोरीलाई के बनाउने भन्दा डाक्टर बनाउने भन्नुहुन्थ्यो, इञ्जिनियर बनाउने भन्नुहुन्थ्यो तर आजकल एक्टर बनाउने, डाइरेक्टर बनाउने पनि भन्नथाल्नुभएको छ’, उहाँले भन्नुभयो ।

विद्यालयका प्रिन्सिपल कुमार थापाले प्रस्तुत नाटकले सबैसँग मिलेर बस्ने, प्रकृतिमा भएका सबैलाई माया गर्ने भन्ने सन्देश प्रदान गर्ने बताउनुभयो । उहाँले ठूलो मासमा पनि प्रस्तुति दिन सकिने रहेछ भन्ने भावनाको विकास हुने बताउनुभयो ।

विद्यासदनको वर्षिक कार्यक्रम नाट्यमणि अन्र्तगत ‘द ह्याप्पी प्रिन्स’ लगायत तीन वटा नाटक प्रस्तुत गरेको छ । ‘द ह्याप्पी प्रिन्स’ जेन्नी सुनुवारले निर्देशन गर्नुभएको नाटक हो ।

Comments

comments