काठमाडौंमा अन्तराष्ट्रिय स्तरको ‘ज्वेलरी एक्स्पो’ हुने

Posted on: ३ बैशाख २०७६, मंगलवार

आगामी जेठ ३, ४ र ५ गते काठमाडौंमा ‘नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरीे एक्स्पो आयोजना गर्ने मिति सहितको कार्यक्रम सार्वजनिक गरेको हो । खानी तथा भूगर्भ विभागको सहकार्यमा काठमाडौंको लैनचौरस्थित विभाग परिसरमै एक्स्पो आयोजना हुनेछ । नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि एक्स्पो आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिनु भयो ।

मेलामा भारत, चीनलगायत एशीयाली र यूरोपियन मुलुकहरुसहित गरी ७० वटा कम्पनीहरुले भाग लिने आयोजकले जनाएको छ ।

 

Comments

comments