कानून निर्माणपश्चात प्रदेशको विकासले गति लिने विश्वास

Posted on: २८ बैशाख २०७६, शनिबार

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले कानून निर्माणपश्चात प्रदेशको विकासले गति लिने बिश्वास व्यक्त गर्नुभएको छ ।  बिहिवार टि भी टूडे टेलिभिजनको केन्द्रिय कार्यालय पुग्नु भएका मन्त्री शाहले विकास र कानून दुवै आवश्यक भएको उल्लेख गर्दै कानूनले निर्देश गरेको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

मन्त्री शाहले सुदूरपश्चिम प्रदेशले थुप्रै विकासका सम्भावना बोकेकाले स्रोत साधनको समुचित प्रयोगमा जोड दिदैँ विकास निर्माणका साथ साथै कानून निर्माण र कार्यान्वयनमा पनि विशेष ध्यान दिएको स्पष्ट पार्नुभयो ।

मन्त्री शाहले प्रदेशमा रहेको बजेटलाई सहि र अति आवश्यक ठाउँमा खर्च गर्नुपर्ने पनि औँल्याउनुभयो । भौतिक र अन्य संरचनागत विकासमा सुदूरपश्चिम प्रदेश सरकार पनि अन्य प्रदेशसँगै अघि बढिरहेको मन्त्री शाहको धारणा छ । प्रदेशसँगै सम्रग देशको विकासका लागि तिनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको मन्त्री शाहले उल्लेख गर्नुभएको छ ।

 

 

 

Comments

comments

Related Other News