मेरो जित रवीन्द्रप्रतिको सम्मान हो: विद्या भट्टराइ

Posted on: १५ मंसिर २०७६, आईतवार

काठमाडौं, मंसिर १५, कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित विद्या भट्टराईले पूर्वाधार विकास र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार साँझ सकिएको छ, जसमा भट्टराई विजयी हुनुभउको छ । जितपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाले भननुभयो यो जित कास्केली जनताको हो र रवीन्द्र अधिकारीप्रति सम्मान हो ।’ कास्की २ बाट निर्वा्चित अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । त्यसपछि रिक्त पदमा उहाकी पत्नी भट्टराई विजयी हुनुभएको छ ।

जनतासँग जसरी मत माग्न घरदैलो गएको थिएँ, आर्शिवाद पाएको थिएँ । अब फेरि जनतासामू गएर र आफ्नो प्रतिवद्धता व्यक्त गर्ने उहाको भनाई रहेको छ । पूर्वाधार विकास, सामाजिक विकासमा काम गर्ने आफ्नो प्रतिवद्धता भएको भन्दै उहाले पोखरालाई पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने पनि बताउनु भयो ।

निर्वाचन शान्पिूर्ण रुपमा सम्पन्न भएको भन्दै उहाले सबै दललाई धन्यवाद समेत दिनु भएको छ ।

Comments

comments

Related Other News