कास्की २ बाट विद्या भट्टराई निर्वा्चित

Posted on: १५ मंसिर २०७६, आईतवार

मंसिर,पोखरा, कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वा्चित भएकि छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाएका छन् ।
यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।

Comments

comments

Related Other News