कास्की २ मा नेकपा उम्मेदवार भट्टराई ८ हजार ४ सय २६ मतान्तरले अग्रस्थानमा

Posted on: १५ मंसिर २०७६, आईतवार

१५ मंसिर, पोखरा, कास्की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिनुभएको छ ।

यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो । अघिल्लो निर्वाचन रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हासिल गनूभएको थियो । ११ वडामध्ये अझै ५ वडा वडाको मतगणना बाँकी नै रहेकोछ ।

नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याउँदा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याउनुभएको छ । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।
अहिलेसम्म ३० हजार ३ सय ५ मतगणना भइसकेको छ भने अब जम्मा १५ हजार २ सय ५८ मत मात्र गणना गर्न बाँकी छ । वडा नम्बर ३३, २१, १७, २०, १६ र १५ को मत गणना भइसकेको छ भने ४, ७, ८, ९ र ११ वटा वडाको मतगणना बाँकी छ । गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ ।

Comments

comments

Related Other News