कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई अर्थमन्त्री खतिवडाको आग्रह

Posted on: १८ फाल्गुन २०७५, शनिबार

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ । काठमाडौंमा आयोजित साना किसान सम्मेलनमा अर्थमन्त्री खतिवडाले सरकारले किसानको माझमा सेवा र सुविधा पु¥याउन कृषिसम्बन्धि सम्पूर्ण कार्यक्रम र त्यसका लागि आवश्यक जनशक्ति र बजेट स्थानीय सरकारलाई नै हस्तान्तरण गरेको पनि स्पष्ट पार्नुभयो । स्थानीय तहले पूर्वाधार, शिक्षा र स्वास्थ्यसँगै कृषि कार्यक्रमलाई पनि सन्तुलित ढंगले अघि बढाउनुपर्ने पनि अर्थमन्त्री खतिवडाले स्मरण गराउनुभयो । अर्थमन्त्री खतिवडाले विगतमा किसानहरुको घरदैलोमा सेवा, सुविधा नपुगेपछि सरकारले कृषिसम्बन्धि सबै कार्यक्रम र बजेट स्थानीय सरकारले नै परिचालन गर्ने योजना, नीति तथा कार्यक्रम तय गरेको पनि उल्लेख गर्नुभयो । बिहीबारबाट सुरु भएको सम्मेलनमा देशभरका १ हजार साना किसानका प्रतिनिधि र २ सय अन्तराष्ट्रिय कृषि तथा सहकारी क्षेत्रका व्यक्तिहरु गरी जम्मा १२ सय जनाको सहभागिता रहेको छ ।

Comments

comments