कृषि क्षेत्रमा बजेट कम भएको भन्दै कृषिमन्त्री खनालको असन्तुष्टि

Posted on: २७ जेष्ठ २०७६, सोमबार

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री खनालले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको गुनासो पनि गर्नु भयो । आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गर्नु भएको हो । मन्त्री खनालले बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको पनि स्पष्ट पार्नु भयो ।
मन्त्री खनालले सरकारले आगामी २ वर्ष भित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दावी पनि गर्नु भयो ।

Comments

comments