केन्याको एक विद्यालयमा भागदौड हुँदा १४ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

Posted on: २१ माघ २०७६, मंगलवार

माघ २१, काठमाडौँ । केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी बालबालिका घाइते भएका हुन् । विद्यालयको सानो भर्याङबाट सबै विद्यार्थी एकै पटक  निसक्न खोज्दा भागदौड भएको हुन सक्ने अधिकारीहरुले आंशका गरेका छन् । तर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत वर्ष पनि नैरोबीकै एक प्राथमिक विद्यालयको भवन भत्किँदा आठ जना बालबालिकाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए ।

Comments

comments