कोरोना भाइरसका कारण चीनमा ४ सय २५ जनाको मृत्यु, २० हजार संक्रमित

Posted on: २२ माघ २०७६, बुधबार

माघ २२, काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमणको त्रास बढ्दै गर्दा चीनको हुबे प्रान्तमा छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्काउने बन्दोबस्त पूरा भएको बेइजिङस्थित नेपाली राजदूतावासले बताएको छ । हुबेमा रहेका १ सय ८० जना नेपालीबाट उद्धारका लागि आवेदन प्राप्त भएको नेपाली दूतावासले जनाएको छ ।

हुबेका विभिन्न स्थानमा छरिएका नेपालीहरूलाई वुहान ल्याउन एकदेखि दुई दिनसम्म लाग्ने बताइएको छ । नेपाली नागरिकको उद्धारका लागि नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सका दुई विमान तयारी अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो ।

वुहानबाट सुरु भएको नोबेल कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४ सय २५ जनाको मृत्यु भइसकेको छ भने २० हजार मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ ।

Comments

comments