कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको सङ्ख्या ३ सय ६१ पुग्यो

Posted on: २० माघ २०७६, सोमबार

माघ २०, काठमाडौँ । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६१ पुगेको छ । एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ । अब संक्रमितको सङ्ख्या चीनमा मात्र १७ हजारभन्दा धेरै पुगेको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । चिनिया सरकारी सञचारमाध्यमले वुहान सहरबाट ७ लाखभन्दा धेरै मानिस वुहानमा नाकाबन्दी गर्नुअघि नै सहर छाडेर बाहिर गईसकेका बताएका बीबीसीले जनाएको छ । यता बुहानबाट नेपाल आउन चाहने नेपाली विद्यार्थीको नामावली र विवरण संकलन भइरहेको र अहिलेसम्म १ सय ७७ विद्यार्थी बेइजिङस्थित दूतावासको सम्पर्कमा आएको बताइएको छ । चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीहरुलाई १५ दिनसम्म छुट्टै स्थानमा राखिने भएको छ ।

Comments

comments