क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित छ:स्वास्थ्यमन्त्री यादव

Posted on: २६ जेष्ठ २०७६, आईतवार

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार केन्द्रित भएको बताउनु भएको छ ।
आईतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय क्षयरोग कार्यक्रम’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढने योजना पनि अघि सार्नु भयो । उपप्रधानमन्त्री यादवले क्षयरोग नियन्त्रणका लागि अन्तराष्ट्रिय समूदायले नेपालमा पु¥याउँदै आएको सहयोगको पनि खुलेर प्रशंशा गर्नु भयो ।

Comments

comments