खानेपानीका लागि डिप बोरिङ सुरु

Posted on: २४ माघ २०७५, बिहीबार

नुवाकोटको बिदुर नगरपालीका वडा नम्बर २ मा खानेपानी उपलब्ध गराउनको लागी डिप बोरिङ शिलान्यास गरीएको छ । नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले निमार्ण हुने डिप बोरिङको विहीबार नगर प्रमुख सञ्जु पण्डितले शिलान्यास गर्नुभएको हो । खानेपानीको चरम समस्यालाई निराकरण गर्नको लागि नगरपालीकाको आर्थिक र बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्राबिधिक सहयोगमा बोरिङ निमार्ण सुरु गरीएको हो । ५० लाखको लागतमा निमार्ण हुने डिप बोरिङकोे ३ महिनाभित्र काम सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

Comments

comments

Related Other News