खेतमा रोपाइँ गरिरहेको बेला अचानक चटयाङ पर्दा चटयाङ लागेर ७ जना महिला घाइते

Posted on: २८ जेष्ठ २०७६, मंगलवार

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ चैकोटमा चटयाङ लागेर ७ जना महिला घाइते भएका छन् । टिभी टुडे सँग टेलिफोन मार्फत कुरा गर्दै गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चटयाङ पर्दा सोही गाउँपालिका वडा नम्बर–३, का २६ वर्षीया देवी बोहरा, ३५ वर्षीया पदमा धानुक, २३ वर्षीया भगु दमाई, १६ वर्षीया कल्पना दमाई, २८ वर्षीया दुर्गा दमाई, ३२ वर्षीया जमुना दमाई र २८ वर्षीया मिट्ठु दमाई घाइते भएको बताउनुभयो । साथै गाउँपालिकाले घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने तथा जनही ५ हजार तत्काललाई उपलब्ध गराउने निर्णय गरेको छ । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ ।

Comments

comments