खेलकुदको बिकासका लागी बजेटको कमी नगर्ने लम्कीचुहा नगरपालीका उपप्रमुख थापाको भनाइ

Posted on: २८ माघ २०७५, सोमबार

खेलकुदको बिकासका लागी नगरपालीकाले बजेटको कमी नगर्ने लम्कीचुहा नगरपालीकाका नगर उप प्रमुख टिका थापाले बताउनुभएको छ । लम्कीचुहा नगरपालीकाको आयोजना तथा राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुर कैलालीले संयोजनमा आयोजित सप्ताह ब्यापी खेलकुद प्रतियोगिताको समापन समारोहलाइ सम्वोधन गर्दै नगर उपप्रमुख खेलकुद क्षेत्रलाई नगरपालिकाले नियालिरहेको प्रष्ट पार्नुभयो । मानीस लाइ स्वस्थ रहन खेलकुद अनिवार्य रहेको लम्कीचुहा शिक्षा शाखाका प्रमुख विद्यालय निरिक्षक नारायण प्रसाद खनालले बताउनु भएको छ । नगरपालीका भित्र रहेका ४२ वटा सामुदायिक वद्यिालय मध्य प्रतियोगितामा ४० वटाले सहभागिता जनाएका थिए । प्रा.वि तर्फ ५ वटा आधार भुत तर्फ ७ वटा र मा. वि . तर्फ ११ वटा बिधामा छात्र छात्रा हरु बिजयी भएका छन । कार्यक्रममा प्रथम द्दितिय र तृतिय हुने विद्यालय लाइ ट्रफी मेडल र प्रमाण पत्र बितरण गरिएको थियो ।

Comments

comments

Related Other News