गणेशमान सिंहजस्ता राजनेताहरुको समृति दिवस सरकार आफैंले मनाउनु पर्छ: काँग्रेस नेता डंगोल

Posted on: २४ कार्तिक २०७६, आईतवार

काठमाडौँ,कार्तिक २४, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको समृति दिवस आफैंले मनाउन सरकारसँग माग गर्नु भएको छ ।

काँग्रेस नेता डंगोलले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका गणेशमान सिंहलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बेवास्ता गरेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । विपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाजस्ता राजनेताहरुलाई स्मरण गरेर अघि बढे मुलुकले राम्रो दिशा पाउने उहाँको भनाई थियो ।

गणेशमान सिंह तथा जनआन्दोलन सहीद स्मृति शान्ति प्रतिष्ठानले २०४६ सालको जनआन्दोलनका सुप्रिम कमाण्डर सिंहको १०५ औं जन्मजयन्तिको अवसर पारेर आईतबार काठमाडौंको शान्ति बाटिकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता डंगोलले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सरकार आफैले औपचारिक कार्यक्रम आयोजना गर्नुपर्ने पनि बताउनु भयो ।

वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जन आन्दोलनलाई सफल बनाउन सुप्रिम कमाण्डरको भूमिका निर्वाह गर्नु भएका स्वर्गीय गणेशमान सिंहलाई नेपाल राष्ट्रले सर्वमान्य नेताको रुपमा स्मरण गर्दै आएको छ । उहाँको देशप्रतिको निश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो दिशा पाउने काँग्रेस नेताहरुको दावी छ ।

Comments

comments