गर्मीका कारण ७१ जनाको मृत्यु

Posted on: १ असार २०७६, आईतवार

भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ ।
बिहारको औरंगाबादमा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको  छ । तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् । राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४÷४ लाख अनुदान दिने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

comments