गाँउपालिकाको गाडीमा आगजनी

Posted on: २६ श्रावण २०७६, आईतवार

अनिल कुमार माली, कपिलवस्तु,

२६ साउन । अज्ञात समुहले गरेको आगजनीका कारण कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिकाको स्कारर्पियो गाडी पुर्ण रुपमा जलेर नष्ट भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महितामा पार्किङ्ग गरेको अवस्थामा अज्ञात समुहले लु १ झ ४०० नम्बरको स्कारर्पियोमा शनिबार राती करिब १०ः५० बजे आगजनी गरेको थियो । गाँउपालिकाका प्रमुख बजरंगी प्रसाद कुर्मी चढने सो स्कार्पियोमा आगजनी लगत्तै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाए पनि गाडी भने पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । राती गाडीमा आगजनी भए पछि ठुलो आवाज आउदा आगलागी भएको थाहा भएको प्रत्यक्षदर्शीले बताए ।
नेत्र बिक्रम चन्द्र नेतृत्वको नेकपाले सरकारी गाडीलाई कारवाही गर्ने भनि निकालेको बिज्ञप्ती र दाङ्गमा समेत सोहि प्रकृतीको घटना भएकाले सोही समुहले नै आगजनी गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्सेर जबराले जानकारी दिनुभयो ।

Comments

comments